‘मातातीर्थ क्षेत्र छठ पर्व मनाउन काठमाण्डाै जिल्लाकै उत्कृष्ठ तीर्थस्थल बन्न सक्छ’- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रभित्र मनाइने सम्पूर्ण जात्रा, पर्व तथा धार्मिक उत्सवहरूको व्यवस्थित रूपमा सूचीकरण गरिएको बताउनुभएको छ । सोमबार चन्द्रागिरि नगरपालिका ६ मातातीर्थस्थित मातातीर्थकुण्डमा आयोजित छठ पर्व समापन कार्यक्रममा मेयर गिरीले सो बताउनुभएको हो ।

ती उत्सवहरूको निरन्तरताका लागि नगरले आवश्यक सहजीकरणका नीति समेत बनाइरहेको नगरप्रमुखले जानकारी दिनुभयो ।

मातातीर्थमा छठपूजापछि सेल्फी (फोटो फिचर)

एकीकृत रूपमा छठ पर्व मनाउन मातातीर्थ कुण्डमा आवश्यक व्यवस्थापन गरिएको जानकारी दिनुहुँदै नगरप्रमुख गिरीले नगरक्षेत्रमा बसोबास गर्नुहुने श्रद्धालुहरूले छठ पर्व मनाउनकै लागि अन्यत्र जलाशयमा पुग्नुपर्ने अवस्थाबाट विकल्पको रूपमा यस क्षेत्रले स्थान लिन सक्नेमा नगरपालिका विश्वस्त रहेको बताउनुभयो ।

सो क्रममा नगरप्रमुख गिरीले नगर क्षेत्रमा मनाउने सबै जात जाति तथा समुदायहरूले मनाउने परम्परागत, सांस्कृतिक उत्सव, चाडपर्व तथा धार्मिक क्रियाकलापहरूको संरक्षण तथा संवर्द्धनमा नगर सदैव अग्रसर रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै,  छठ पर्व समापन कार्यक्रममा सहभागी हुनुभएका चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले मातातीर्थ कुण्ड आमाको मुख हेर्नेदिनका लागि मात्रै नभइ छठ पर्व मनाउनका लागि समेत विशेष स्थानका रूपमा  प्रचारप्रसार गर्न, गराउन नगरपालिकाले अग्रसरता लिने बताउनुभयो ।

पूर्व प्रदेश सांसद् रमा आलेमगरले मातातीर्थ छठ मनाउने अर्को उत्कृष्टस्थल हुनेमा विश्वस्त भएको बताउनु हुँदै यस क्षेत्रको पाैराणिकता कायम राख्नका लागि प्रदेश सरकारबाट बृहत योजना  बनेको र सो कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, मातातीर्थमा श्रद्धालुहरूको भीड (भिडियोसहित)

मातातीर्थ क्षेत्रमा पाँच वर्षदेखी छठ मनाउँदै आउनुभएका बाराका नरेश प्रसाद कुशवाहाले मातातीर्थ क्षेत्रमा छठ मनाउन पाउँदा खुसी लागेको बताउँदै अबका दिन थप व्यवस्थित हुन सके श्रद्धालुहरूका लागि छठ मनाउनकै लागि घर जान पर्ने बाध्यता अन्त्य हुने विश्वास लिएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *