नागढुङ्गा सुरूङ हेर्न एमाले अध्यक्ष ओली खत्रीपाैवामा

Thankot Times

थानकोट । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागढुङ्गा सुरूङ मार्गको धादिङ तर्फको क्षेत्र अवलोकन गरेका छन् । आइतबार धादिङ जिल्लाको धुनिवेशी नगरपालिका खत्रीपाैवामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा ओलीले सुरूङ मार्गको अवलोकन गरेका हुन् । 

चुनावी कार्यक्रममा अध्यक्ष ओलीले प्रदेश सभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएका नेत्र पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ओलीले पाैडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पार्टीमा यथोचित मुल्याङ्कन गरिने बताए ।

धादिङ क्षेत्र नम्बर १ को प्रदेश १ मा एमालेले रमेश आचार्यलाई उम्मेदवारी बनाएको छ भने टिकट नपाएपछि असन्तुष्ट बनेका नेत्र पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *