लोसपाको पनि घोषणापत्र सार्वजनिक, संविधान संशोधन अनिवार्य
थानकोट ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ ।
पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्यायपालिका, सुशासन, सदाचार र भ्रष्टाचारमुक्त समाजमा जोड दिइएको छ ।
चुनावका लागि यसअघि नै प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पाटीं (जसपा) र राप्रपाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।













