काठमाण्डाै १० मा थप २ वडाको मत गणनामा काँग्रेस र रास्वपालाई झण्डै बराबर मत
थानकोट ।
कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा काठमाण्डाै क्षेत्र नं. १० र यस क्षेत्रको प्रदेश १ को मतगणना जारी छ । प्राप्त पछिल्लो विवरणअनुसार कीर्तिपुर ३ र ४ मा प्रतिनिधि सभा तर्फ रूख र घण्टी चिन्हमा मात्रै ३९ मत बढि घटि खसेको छ ।
प्राप्त मतगणना विवरण अनुसार काठमाण्डाै क्षेत्र नंं. १० मा कीर्तिपुर ३ र ४ को मत गणना भइसक्दा रूख चिन्हमा १३२८ मत, घण्टी चिन्हमा १२९१ मत, सूर्य चिन्हमा ६७६ मत, हलो चिन्हमा ५४८ मत परेको छ । त्यस्तै हँसिया हताैडा चिन्हमा ४४२ मत परेको छ ।
अहिले यो मत रूजू गर्ने क्रम चलिरहेको छ ।














