काठमाण्डाै १० मा अग्रता फराकिलो पार्दै रूख, करिब १७ हजार मतगणना हुँदा ७ सय मत बदर
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. १० को मतगणना कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा जारी छ ।
अहिले कीर्तिपुर नगरपालिका क्षेत्रको मतगणना भइरहँदा नेपाली काँग्रेसले अग्रता थप मजबुत बनाउँदै लगेको छ ।
कुल १६८१५ मत गणना भइसक्दा रूखमा चिन्हमा ४८०१ मत परेको छ । सूर्य चिन्हमा २८८२, घण्टी चिन्हमा ३३७८, हँसिया हताैडा चिन्हमा १५४३ मत परेको छ ।
त्यस्तै हलोमा १६०४ मत पर्दा मादल मा १३२७ मत परेको छ । लाैरोले १६४ मत पाउँदा करूवामा ११० मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















