चार क्षेत्रको निर्वाचन परिणाम घोषणा, काँग्रेस ३ र एमाले १ स्थानमा विजयी

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ। केही क्षेत्रको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

मंगलबार बिहानसम्म १६५ मध्ये चार स्थानको मतपरिणाम आइसकेको छ।

निर्वाचन क्षेत्रहरू काठमाडौं-१, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ।

काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ७०११ मत पाए।

त्यस्तै नेपाली कांग्रेसले मनाङमा पनि जीत हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २२४७ मत पाए।

मुस्ताङ- १ मा पनि नेपाली कांग्रेसका योगेश गौचन थकालीले जितेका छन्। उनले ३९९२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए।

त्यस्तै, ललितपुर- २ बाट नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन्। उनले १५०२५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत पाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *