काठमाण्डाै १० मा हलो तेश्रो स्थानमा उक्लियो, काँग्रेसको अग्रता ३ हजार बढ्यो
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी छ । हालसम्म यस क्षेत्रको ३४११२ मत गणना सकिँदा नेकपा एमाले दोश्रो स्थानमा छ ।
पछिल्लो विवरण अनुसार दक्षिणकाली नगर क्षेत्रको मत गणना भइरहँदा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । जसअनुसार नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले ९६५० मत पाउँदा नेकपा एमालेका हिमेश केसीले ६६७१ मत पाएका छन्।
हलोले ५३६१ मत पाउँदा घण्टीले ५१८१ मत पाएको छ ।















