काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश २ मा कलम अघिअघि, सूर्य पछिपछि, मतान्तर २३९

Thankot Times

थानकोट ।

काठमाण्डाै क्षेत्र नंं १० अन्तर्गत प्रदेश ख को मतगणना जारी छ ।

यस प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका रामशरण आलेमगर र एकीकृत समाजवादीका रमा आलेमगरबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आलेमगरद्वय काका र भतिजी हुनुहुन्छ ।

रमा आलेमगर २०७४ निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । यसपटक उनलाई सत्तागठबन्धनको साथ रहेको बताइएको छ ।

ताजा अवस्थामा १४७३९ मत गणना सम्पन्न भइसक्दा कलम ४३०० मत सहित अग्रस्थानमा रहँदा सूर्य चिन्हमा ४०६१, हँसिया हथाैडा चिन्हमा १३३३, हलो चिन्हमा २३०५ मत पर्दा ५०२ मत बदर भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *