धमाधम पुरिँदै सडकका खाल्टाखुल्टी, नागढुङ्गा-दहचोक-कलंकी सडकपनि प्राथमिकतामा

Thankot Times

थानकोट । 

सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा रहेका खाल्टाखुल्टी पुर्ने कामलाई तीव्रता दिएको छ।

डिभिजनका अनुसार काठमाडौंका सडक खाल्टाखुल्टीरहित बनाउने अभियान माघ ११ गतेदेखि सुरू गरिएको थियो।

सोमबारसम्म गौशाला-रातोपुल-कमलपोखरी-सानोगौचरण-कालोपुल-सिफलका सडकमा रहेका खाल्टाखुल्टी पुरिएका छन्।

यस्तै घण्टाघर, नागपोखरी, न्युरोड, बालाजु-वनस्थली सडकमा रहेका खाल्टाखुल्टी पनि पुरिएको छ।

चावहिल-मित्रपार्क, शंखमुल-वानेश्वर-थापागाउँ, थापाथली-नयाँ बानेश्वर-पुरानो वानेश्वर, कलंकी-एलराई स्कूल, छाता गणेश-भाटभटेनी-धुम्बाराही, लाजिम्पाट-पानीपोखरी लगायतका सडक खण्डमा रहेका खाल्टाखुल्टी पुरिएको डिभिजनले जानकारी दिएको छ।

सडकमा रहेका खाल्टाखुल्टी पुरेर कालोपत्र गर्ने काम गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकमा रहेका खाल्टाखुल्टी पुर्न एक महिनाको समय दिएको थियो। तर यसबीचमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को अभाव भएकोले समयमै काम सम्पन्न गर्न नसकिएको मन्त्रालयले जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका र बाहिर पनि विभिन्न सडकखण्डको अनुगमन गर्दै सडकमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिएका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *