धादिङमा टिपरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

Thankot Times

थानकोट ।

धादिङको थाक्रे गाउँपालिका–६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । थाक्रे–११ का १५ वर्षीय संगम लामाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शाही बाबा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर गए राति करिब १२ बजे दुर्घटना भएको थियो । पार्किङमा राखेको बा४ख २६५४ नम्बरको टिपरको पछाडि स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *