सडकमा रूख ढल्दा त्रिभुवन राजपथ अवरूद्ध
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत भैंसे-हेटाैंडा सडक खण्डमा यातायात अवरूद्ध भएको छ ।
बुधबार बिहान सो राजपथको टाैवास नजिक सडकमा रूख ढलेपछि यातायात अवरूद्ध भएको बताइएको छ ।
नेपाली सेनाको सहयोगमा अहिले रूख पन्छाउने कार्य जारी रहेको स्थानीय मानसिंह दोङले जानकारी दिएका छन् ।
तस्बिरः सामाजिक सञ्जाल













