आज पाँच वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  प्रदेश एक, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेका प्रदेश तथा तराईमा बिहानीपख हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *