पत्रकारविरुद्ध अफवाह फैलाएको आरोपमा मातातीर्थ बस्दै आएका वृद्ध प्रहरी नियन्त्रणमा
थानकोट ।
पत्रकारविरूद्ध अफवाह फैलाएको आरोपमा एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चारमाध्यम र सञ्चारकर्मीविरुद्ध लेखिएका पर्चा पप्लेट बाँड्दै हिँडेको अवस्थामा अर्घाखाँची घर भएका रमेश गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनी मातातीर्थमा बस्दै आएका थिए ।
गौतमलाई बिहीबार दिउँसो ३ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।












