ट्याक्टरको मिक्चर चुँडिएर २ जनाको मृत्यु
थानकोट ।
काठमाडाैंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा ट्याक्टरमा जडान गरिएको मिक्चर चुँडिएर दुई जनाको मृत्यु भएको छ।
ना ५ च ८१३९ नम्बरको ट्याक्टरमा जडान गरेको टेलर मिक्चर चुँडिदा मृत्यु हुनेहरूमा ट्याक्टरमा सवार काभ्रेपलान्चोक घर भई हाल दक्षिणढोका बस्ने ३४ वर्षीय गंगा तामाङ र परिचय नखुलेका २७ वर्षीय दीपक नाम गरेका व्यक्ति रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सुष्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।













