नेकपा एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीद्वारा पदबहाली

Thankot Times

थानकोट ।

एमालेका वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छन् ।

पार्टीको स्थायी कमिटी बैठकका क्रममा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ ।

भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग थिइन । उनको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा आगामी भुमिकाबारे चर्चा हुँदै आएको थियो ।

अन्ततः एमालेको उच्च तहमा उनको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ