मुस्ताङमा यात्रु बस दुर्घटना, १७ जना घाइते

Thankot Times

थानकोट । 

मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित कालीगण्डकीमा यात्रस बस खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।

ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

बस करिब ४५ मिटर तल खसेको हो ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ-स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *