राजमार्ग छेउका मदिराजन्य विज्ञापन १५ दिनभित्र हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन

Thankot Times

थानकोट ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको छ।

जसका कारण चालकलाई अवरोध हुने  र सडक दुर्घटना बढ्न सक्ने भन्दै मदिराजन्य विज्ञापनका सामाग्रीहरु हटाउन निर्देशन दिएको हो।

सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्या उने माल वस्तु हटाउने अधिकार सडक विभागलाई छ। मन्त्रालयले राष्ट्रिय राजमार्गहरुका सडक सीमा भित्र राखिएका मदिराजन्य विज्ञानपन पन्ध्र दिनभित्र हटाउन सडक विभागलाई निर्देशन दिएको छ।

साथै सडक सीमा बाहिर रहेका अन्य स्थानका विज्ञापनहरु समेत स्थानीय प्रशासनको समन्वय र सहयोगमा तत्कालै हटाउने व्यवस्था मिलाउन हुन सहसचिव प्रभात कुमार झाले आग्रह गरेका छन्।
331552049_684541103407434_5425047720592644758_n1676444512.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *