राष्ट्रपतिले गरिन् पशुपतिनाथ पुगेर शिवको विशेष पूजाअर्चना

Thankot Times

थानकोट । 

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छिन् । 

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेका हुन् । 

 

पशुपतिमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

महाशिवरात्रिमा अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *