उपराष्ट्रपति नन्दबहादुर पुनले छाेडे सरकारी निवास, आजबाट दहचोक इन्द्रस्थानस्थित निजी निवासमा
थानकोट ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।
उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए।
शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।












