चन्द्रागिरि साकोसको आयोजनामा रक्तदान शिविर, १०३ जनाको सहभागिता
थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको २२औं वार्षिकोत्सवको अवसरमा शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाको मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टमा सञ्चालित सो शिविरमा १०३ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ । सो शिविरमा मनमोहन अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२०५८ वैशाख ६ गते स्थापना भएको चन्द्रागिरि साकोसले स्थापना दिवसका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम समेत गर्दै आएको छ ।












