मातातीर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले दियो नगर क्षेत्रमा सार्वजनिक बिदा
थानकोट ।
मातातीर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि वैशाख ७ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
नगर कार्यपालिकाको बैठकबाट वैशाख ७ गते मातातीर्थ औंसीका दिन चन्द्रागिरि नगरपालिका वडा नंं ६ महादेवस्थानस्थित मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको अवसरमा सो दिन नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।
मातातीर्थ औंसीका दिन मातातीर्थ कुण्ड क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ ।














