चन्द्रागिरि हिल्सको ‘वुमन्स वेनस्डे’ अफर, आज साँझ ५ बजेपछि २ सय रूपैयाँमा केबलकारको टिकट !

Thankot Times

थानकोट ।
चन्द्रागरि नगरपालिका-०४ थानकोटस्थित चन्द्रागिरि केबलकारले महिलाहरूका लागि केबलकार यात्रामा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।

हरेक बुधबार साँझ ५ बजेपछि महिलाहरूका लागि २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट !

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले मंगलबार जारी गरेको ‘वुमन्स वेनस-डे’ अफर अनुसार सार्वजनिक बिदाका दिन बाहेक हरेक बुधबार साँझ ५ बजेपछि केबलकार यात्रा गर्न महिलाहरूले २ सय रूपैयाँमा दुई तर्फी टिकट पाउने चन्द्रागिरि हिल्सले जनाएको छ।

हाल चन्द्रागिरि केबलकारले सार्वजनिक बिदाका दिन बाहेक हरेक शुक्रबार साँझ ५ बजेपछि २ सय रूपैयाँमा दुई तर्फी टिकट उपलब्ध गराउँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *