शिक्षा मन्त्रालयले नतिजामा आधारित प्रोत्साहन अनुदान दिँदै, चन्द्रागिरिका यी विद्यालयले पाँच लाख पाउने
थानकोट ।
शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिक स्तरका आधारमा उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई ५/५ लाखको दरले नतिजामा आधारित प्रोत्साहन अनुदान प्रदान गर्ने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा १ विद्यालय पर्ने गरी १६५ विद्यालयलाई यस्तो अनुदान दिने भएको हो ।
यो चालू आर्थिक वर्ष २०७९/८० कै कार्यक्रम हो ।
सो अनुसार काठमाडाैं क्षेत्र नं. ९ बाट चन्द्रागिरि नगरपालिका वडा नं. १३ स्थित कंकाली माविले पनि सो प्रोत्साहन रकम पाउने भएको छ। यसैगरी काठमाडाैं क्षेत्र नं. १० बाट कीर्तिपुर पाँगास्थित जनसेवाले पनि पाँच लाख रूपैयाँको प्रोत्साहन रकम पाउनेछ ।














