एउटै पुस्तकमा १९५ मुलुकका राष्ट्रिय गान !

Thankot Times

थानकोट । 

विभिन्न मुलुकका राष्ट्रिय गानहरू समावेश कृति ‘विश्वका राष्ट्रिय गान’ एक समारोहकाबीच सार्वजनिक भएको छ । कृतिको लोकार्पण परराष्ट्रमन्त्री एनपी साउदले गरेका हुन् । 

नेपाल वाङ्मय फाउन्डेसनद्वारा प्रकाशित यस पुस्तकमा विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको हो । 

कार्यक्रममा परराष्ट्रमन्त्री साउद, प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, मधुरमण आचार्य, शङ्करप्रसाद कोइराला, उमेश श्रेष्ठ, पुस्तकका सम्पादक डा. विप्लव ढकाल बोलेका थिए । 

कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनकातर्फबाट सम्मान गरिएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *