काठमाडाैंमा टेम्पोले ठक्कर दिँदा थाहा थाहाका रामभक्तको मृत्यु
थानकोट ।
काठमाडौं महानगरपालिका-३१ शान्तीनगरमा टेम्पुको ठक्करबाट मकवानपुर थाहा नगरपालिका-१ घर भएका ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ ।
श्रेष्ठ माओवादी केन्द्र थाहा नगरपालिकाका नगर सदस्य समेत हुन।
प्रहरीका अनुसार शुक्रबार साँझ बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट श्रेष्ठ घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काठमाडौं शान्तीनगर बस्दै आएका थिए ।
साथै उक्त टेम्पुको ठक्करबाट अन्य २ जना पैदलयात्री घाइते भएका छन् । उनीहरुको केएमसी अस्पताल सिनामंगल र सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको प्रहरीले छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
*यसअघि मृतक थाहा नगरसभा सदस्य हुन गएकोमा सो भुल सुधार गरिएको छ ।












