सुनको भाउ बढ्यो, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य स्थिर रहेको छ ।

आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *