‘रिसोर्ट बाई मनकामना केबलकार’ को निर्माण तिव्र, अर्को वर्षको पाैषमा निर्माण सम्पन्न भइसक्ने

Thankot Times

थानकोट ।

गोरखास्थित मनकामना मन्दिर क्षेत्रमा मनकामना दर्शन प्रालिले होटल निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ। मनकामना केबलकारको टप स्टेशन हातानजिकै निर्माण भइरहेको सो होटल चार तारे स्तरको हुनेछ ।

‘रिसोर्ट बाई मनकामना केबलकार’ को नाम दिइएको सुविधासम्पन्न होटलको सन् २०२४ को अन्त्यसम्ममा निर्माण भइसक्ने प्रक्षेपण गरिएको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । होटल ४० कोठाको हुनेछ।

करिब ४० करोड लगानीमा निर्माणका क्रममा रहेको सो होटलमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल लगायतका संरचना निर्माण हुनेछन् ।

‘मनकामना मन्दिरहरु सुविधासम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गरेका हाैं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं,  मनकामना दर्शन गर्न केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले भन्नुभयो ।

इतिहास र समकालीन विलासिताको आनन्द दुवै खोज्ने पाहुनाहरूको लागि यो रिसोर्टले अद्वितीय वातावरण सृजना गर्ने विश्वास लिइएको प्रवर्द्धक मनकामना दर्शन प्रालिले जनाएको छ ।

निर्माण सम्पन्न भइसक्दा यस्तो देखिनेछ ‘रिसोर्ट बाई मनकामना केबलकार’


Leave a Reply

Your email address will not be published. Required fields are marked *