सुनचाँदीको भाउ स्थिर, तोलाको कति रूपैयाँमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ। 

हिजो आइतबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

हिजो प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *