भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला, भदाै ८ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट । 

मंगलबारबाट भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि उक्त आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सात लाख १२ हजार २२० कित्ता सेयर प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गरेको हो ।  

आवेदन भदौ ८ गतेसम्म दिन सकिनेछ । तर, सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । 

आईपीओमा न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्कीको पोखरामा रहेको विजयपुर खोलाबाट ४.५ मेगावाट क्षमताको विजयपुर-१ साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ७९ करोड ६८ लाख २९ हजार १ रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *