सुन चाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा छापावाल र एक लाख ९ हजार ९५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामf १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।
हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।














