नेकपा एमाले बागमती प्रदेश अधिवेशन आजबाट, चन्द्रागिरिका चोक चोकमा स्वागतद्वार

Thankot Times

थानकोट । 

 नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम तय छ । संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा बागमती प्रदेश अधिवेशन हुन लागेको हो ।

उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ । जसअनुसार काठमाडाैं निर्वाचन क्षेत्र नं. १ को पुतली सडक, निर्वाचन क्षेत्र २, ३ र ४ को डिल्लीबजार, निर्वाचन क्षेत्र ५, ६ र ७ को तिनधारा पाठशाला तथा निर्वाचन क्षेत्र ८, ९ र १० सुन्धाराबाट र्‍याली निस्कने बताइएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले बागमती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । 

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।

अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् ।
अधिवेशनको बन्दसत्र भोलिबाट सुरू हुनेछ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा विद्युतीय मतदान गराउने तयारी आयोजकको छ ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्नेछ ।

अधिवेशनका लागि चन्द्रागिरि नगरबाट ३ जना महिलासहित ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *