भूकम्प पीडितका लागि नेपाल एलपी ग्याँस उद्योग संघले दियो ११ लाख ११ हजार, तीन सय थान सिलिन्डर

Thankot Times

थानकोट ।

जाजरकोट लगायतका क्षेत्रमा गत साता गएको भूकम्पपछिको राहत तथा उद्दार कार्यका लागि सहयोगी हातहरू जुट्ने क्रम जारी रहेको छ । कतिपयले जिन्सी सामाग्री उपलब्ध गराइरहेका छन् भने कतिपयले प्रधानमन्त्री राहत कोषको खातामा नगद नै जम्मा गरिरहेको विवरण सार्वजनिक भइरहेका छन् ।

पछिल्लो विवरण अनुसार सोमबार नेपाल एल पी ग्याँस उद्योग संघका पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरि जाजरकोट र पश्चिम रूकुम क्षेत्रमा आएको भूकम्पबाट पीडित जनताको लागि आवश्यक पर्ने खाना पकाउने ग्याँस नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको नेपाल एल पी ग्याँस उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो । जसका लागि ३०० थान एल पी ग्याँस सिलिण्डर सोमबार नै प्रभावित क्षेत्रमा पुर्याउने जानकारी समेत सो टोलीले प्रधानमन्त्री समक्ष गराएको थियो ।

साथै संघको तर्फबाट प्रधानमन्त्री राहत कोषको खातामा ११ लाख एघार हजार १ सय ११ रूपैयाँ जम्मा गरिएको नेपाल एल पी ग्याँस उद्योग संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ