तिहार र छठको सार्वजनिक बिदाका दिनमा पनि खुला रहनेछ आयल निगमको थानकोट डिपो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले तिहार र छठको सार्वजनिक बिदाको दिनहरुमा पनि केही डिपो तथा कार्यालयहरु सञ्‍चालनमा ल्याउने भएको छ।

सार्वजनिक बिदाको दिनहरुमा पनि पेट्रोलियम पदार्थको सहज रुपमा बिक्रीको व्यवस्था मिलाउन स्थानीय आवश्यकताको आधारमा निगमका निश्‍चित डिपो तथा कार्यालयहरु खुला रहने बताइएको छ।

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते खुला रहनेछ।

यस्तै, अमलेखगञ्‍जस्थित मधेश प्रादेशिक कार्यालय कात्तिक २५ र २६ र ३० गते सञ्‍चालनमा रहनेछ।

यसैगरी, वाग्मती प्रादेशिक कार्यालय, थानकोट कात्तिक २६, २७ र २८ तथा मंसिर २ गते पनि खुला रहने निगमले जनाएको छ।

पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय कात्तिक २६ र २७ गते सञ्‍चालनमा रहनेछ।

त्यस्तै, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय कात्तिक २७ र ३० गते, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय कात्तिक २५ गते र धनगढीस्थित सुदूरपश्‍चिम प्रादेशिक कार्यालय कात्तिक २७ गते खुला रहनेछ।

त्यसैगरी, चारआलीस्थित शाखा कार्यालय कात्तिक २६ र ३० तथा मंसिर ४ गते, धनुषास्थित इन्धन डिपो कात्तिक २८ र ३० गते, नेपालगञ्‍जस्थित इन्धन डिपो कात्तिक २७ गते र वीरगंजस्थित शाखा कार्यालय कात्तिक २५, २६ र ३० गते सञ्‍चालनमा रहने निगमले जानकारी दिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ