जाजरकोट भूकम्प पीडितलाई गोल्ड स्टारले १० हजार थान जुत्ता-चप्पल दियो
थानकोट ।
गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ता-चप्पल सहयोग गरेको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।
३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि सहयोग गरिएको उनले बताइन् ।
सन् १९९० मा स्थापित किरण सुज म्यानुफ्याक्चर अन्तर्गतको गोल्डस्टार नेपालको जुत्ता उत्पादन गर्ने कम्पनी हो। गोल्डस्टारले बजारको मागसँगै आफूलाई समायोजन गर्दै फेसन ब्रान्डका रूपमा स्थापित गरेको छ।
हालै मात्र कम्पनीले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरूको विशेष श्रृंखला सुरू गरेको छ।













