काठमाडाैंका विभिन्न स्थानमा आगलागी, लाखौंको क्षति

Thankot Times

थानकोट ।

काठमाडाैं उपत्यकाका विभिन्न स्थानमाआगलागी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर महानगरपालिका १५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका ५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
साथै काठमाडौँ महानगरपालिका ३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

घटना भएलगत्तै तीनै ठाँउको आगो राजधानीका दमकल र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ