एमाले काठमाडाैं क्षेत्र नं. ९ को इन्चार्जमा हरिशरण थापा, १० ख को इन्चार्जमा सन्तोष खड्का

Thankot Times

थानकोट ।

नेकपा एमाले काठमाडाैं क्षेत्र नं. ९ को इन्चार्जमा चन्द्रागिरि नगरपालिका १ दहचोक निवासी हरिशरण थापा चुनिएका छन् ।

नेकपा एमाले काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख को इन्चार्जमा सो पार्टीका बागमती प्रदेश कमिटि सदस्य सन्तोष खड्का चयन भएका छन् । काठमाडाैं क्षेत्र नंं १० प्रदेश को इन्चार्जमा कीर्तिपुरका सरवकुमार महर्जन चुनिएका छन् । खड्का चन्द्रागिरि वडा नं. ८ का निवर्तमान वडाध्यक्षसमेत हुन् । उनी हालै मात्र नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका थिए ।

महर्जनले कीर्तिपुर नगरको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् ।

लिशा नकर्मीले काठमाडाैं क्षेत्र नं. ९ प्रदेश ख को इन्चार्जको जिम्मेवारी पाएको बताइएको छ । नकर्मी चन्द्रागिरि नगरको निवर्तमान उपप्रमुख हुन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटिले आइतबार जिम्मेवारी तोकेको हो ।

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, खुला सदस्यमा चन्द्रागिरिका सन्तोष खड्का विजयी

यसैगरी, सो पार्टीको चन्द्रागिरि नगर कमिटि इन्चार्जमा चन्द्रागिरि नगरपालिका ५ निवासी बेलीमाया घले चयन भएको बताइएको छ ।

घले २०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

कसलाई कुन जिम्मेवारी ?

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *