करेन्ट लागेर खेत जोतिरहेका हलि र एउटा गोरुको मृत्यु

Thankot Times

थानकोट । 

रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ । 

लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए ।   

विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भै नसकेको शर्माले बताए ।  ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने । 

घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *