पनौतीको जंगलमा फेला पर्यो मानव कंकाल, ६ महिनादेखि हराएका थिए रामशरण
थानकोट ।
काभ्रेपलान्चोकको एक जंगलमा मानव कंकाल फेला परेको छ ।
पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला परेको हो ।
स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा पुरुषको जस्तो देखिने मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ ।
अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामशरण हुमागाईंको रहेको बताइएको छ । उनी ६ महिनादेखि हराएका प्रहरीले जनाएको छ ।













