राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृहसहित चार मन्त्रालय
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ।
बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो। रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो।
सहमति अनुसार रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने भएको छ।
रास्वपा सभापति रवी लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय सम्हाल्ने भएका छन भने उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हाल्ने भएका छन् ।
श्रेष्ठ द्वयले पहिलो पटक मन्त्रालय सम्हाल्न लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको साँझ ५ बजे सपथको तयारी भइरहेको बताइएको छ ।











