राजेन्द्रविक्रम बानियाँलाई नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यवाहक सभापतिको जिम्मेवारी

Thankot Times

थानकोट । 

नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी सो पार्टीका उपसभापति राजेन्द्रविक्रम बानियाँलाई दिइएको छ । 

सो पार्टीका नगर सभापतिसमेत रहेका चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उपसभापति बानियाँलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । 

गत माघ १५ गतेबाट लागु हुने गरी बानियाँले कार्यवहाक नगर सभापतिको जिम्मेवारी पाएको बताइएको छ। 

कार्यव्यस्तताको कारण पार्टीको विधान २०१७ को परिच्छेद ३ को दफा ५ को उपदफा ङ को अधिकार प्रयोग गरि नगरसभापति गिरीले सभापतिले गर्ने काम कारबाहीको जिम्मेवारी बानियाँलाई दिएका हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *