थानकोट प्रहरी चाैकी आक्रमणका योजनाकार पुन पुनः शक्तिमा फर्किए
थानकोट ।
नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। देशको अर्थतन्त्रमा निराशा छाएको समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पत्याएका हुन्।
पुनले पछिल्ला केही वर्ष दोहोरो संघर्षमा बिताएका छन्। आफ्नै स्वास्थ्य अवस्था ‘क्रिग्लर नज्जार सिन्ड्रोम’ भनिने वंशाणुगत जन्डिसबाटसँग उनी लामो समय जुधे। थाइल्यान्डदेखि चिनसम्म पुगेर त्यसको उपचार गर्नुपर्यो। त्यही समयमा माओवादी केन्द्रको महाधिवेशन भयो। प्रचण्डपछि पार्टीको ‘कमान्डर’का रुपमा प्रोजेक्सन गरिएका उनलाई महासचिव बन्नबाट रोकियो। अध्यक्ष प्रचण्डले चाहेर पनि महासचिव बनाउन सहज नभएपछि उनी उपमहासचिवमै खुम्चिए।
पुनले यसपल्ट ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ रोगबाट आफूलाई उम्काए। वंशाणुगत जण्डिस भनिने उनको यो समस्या नयाँ होइन। तर यसपल्ट उनलाई नराम्ररी गाँज्यो। उक्त समस्याबाट उनी युद्धकालदेखि नै पीडित थिए। यही बीचमा बढेपछि उनीले भारत, थाइल्याण्ड र चीनमा उपचार गराए।
कुनै समय उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल र चिन्ताजनक नै बनेको उनी निकटस्थहरु बताउँछन्। चीनमा गरिएको उपचारले उनलाई अहिलेको अवस्थामा पुर्याएको हो।
माओवादी जनयुद्धमा एक साथ राजनीतिक र सैन्य नेतृत्व गर्ने नेतामा पुन पनि पर्छन्। प्रचण्ड अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमान्डर थिए। प्रचण्डपछि दुवै मोर्चा पार्टीको कमाण्ड इन्चार्ज र डेपुटी कमाण्डर भएर सैन्य इन्चार्ज भएका छन्।
पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका उनलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटायो। काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाइएको पूर्वी कमाण्डको ईन्चार्ज मोहन वैद्य ‘किरण’ थिए। त्यसको सेकेण्डम्यान पुन थिए। त्योबेलाका भोजपुर सदरमुकाम, बन्दीपुरको हाइवे, काठमाडौंको थानकोट, दधीकोटदेखि साँखुसम्मको आक्रमणको योजनाकार उनी नै थिए। त्यसैगरी सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायतका आक्रमणमा आफू सहभागी रहेको उनी बताउँछन नेपाल लाइभमा खबर छ ।











