नेकपा एमाले थाहा नगर अध्यक्षमा प्रधान निर्विरोध निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा एमाले थाहा नगर कमिटि अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्वाचित भएका छन् ।

एमाले थाहा नगरको तेस्रो अधिवेशनबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनमा अध्यक्ष पदका लागि कल्पना बलामी, बिमल कुमार ढकाल र बलराम थापाले उमेद्वरी दर्ता गराएका थिए ।

नगर कमिटिको उपाध्यक्षमा हेम कुमार थिङ, सचिवमा सुजन रायमाझी, उप सचिव (महिला)मा तुलसा विष्ट, उपसचिव खुल्लामा सुर्य बहादुर दोङ निर्वाचित भएका छन् ।

अधिवेशनले ६७ सदस्यीय नगर कमिटि चयन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *