आज प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिँदै

Thankot Times

थानकोट ।

आज बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।

कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । नेकपा एमाले, नेकपा माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । नागरिक उन्मुक्ति पार्टीमा भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा दुई मत देखापरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *