बागमती प्रदेश सभा बैठक आज पनि बस्दै
थानकोट ।
बागमती प्रदेश सभा बैठक आज पनि बस्दैछ ।
आज दिउँसो ३ बजे बैठक बस्नेछ ।
प्रदेश सभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि हिजो मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो ।











