नेकपा एमालेले बोलायो सचिवालय बैठक

Thankot Times

थानकोट ।

नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । 
समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले आइतबार बिहान साढे ११ बजे सचिवालय बैठक बोलाएको हो । 

‘चैत ११ को बिहान ११ः३० बजेका लागि सचिवालय बैठक आह्वान भएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।’ 

बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *