बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासका मत लिदैँ

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन । उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।

बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।

सो प्रदेशसभामा ११० सदस्य रहेका छन ।

बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *