बागमती प्रदेशको भौतिक मन्त्रालयमा बिना विभागीय मन्त्री आलेमगरको दाबी
थानकोट ।
बागमती प्रदेशमा नवनियुक्त बिना विभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।
मंगलबार बिना विभागीय मन्त्रीको शपथ ग्रहण पश्चात् पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताउनु भएको हो ।
‘काठमाडौं क्षेत्र नं-१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। त्यसो हुँदाखेरी मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुपर्छ’, मन्त्री आलेले भन्नुभयो, ‘म त्यसलाई सम्हाल्न सक्षम पनि छु। म त्यसलाई अगाडि बढाउन सक्छु भन्ने सोचेको छु। त्यसो हुँदा उहाँहरु मौखिक हिसाबले सहमति पनि हुनुहुन्छ। त्यसैमा मेरो काम गर्ने दाबा, इच्छा र चाहना पनि छ।’
प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसद रहनुभएकी उहाँ अघिल्लो कार्यकालमा प्रदेशको उद्योग, पर्यटन तथा वन समिति सभापति हुनुहुन्थ्यो ।











