बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारः एमालेका चार जना सांसद्ले लिए मन्त्री पदको सपथ
थानकोट ।
बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार शपथ गराएका हुन् ।
सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।
मंगलबार नै बागमती प्रदेश सरकामा नेकपा एकीकृत समाजवादीबाट सांसद् रमा आलेमगरले बिना विभागीय मन्त्रीको हैसियतमा सपथ लिनुभएको छ ।











