राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने
थानकोट ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।
संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।
चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको छ ।











