यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Thankot Times

थानकोट ।

सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले तीन वटा निर्णय गरेको हो।

सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । 

सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिइन् । 

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *